बृद्धबृद्धाको सहारा बनेकी कविता वालिङको उपमेयरको उमेद्वार ।

Kabita Tiwari Ramdi

वालिङ, बैशाख २० गते ।
एकादशी नुहाउन राम्दी गएको बेला भेट भएकी एक बृद्धाको दुःखको कहानी सुनेपछि वालिङकी कविता तिवारीको मन भक्कानियो । सानो उमेरमा नै श्रीमान् गुमाएकी पाल्पाको सेराकी ललितादेवी देवकोटा ३० बर्ष देखि राम्दीको सानो कच्ची कटेरोमा बस्दै आउनु भएको थियो । साआहारा भनेको आफूले कातेको बत्ती मात्रै भएको बताउदै उहाँले गरेको दुःखेसो तिवारीको मस्तिष्कमा अहिले पनि ताजै छ । देवकोटाको शनिवार मात्रै १०४ बर्षको उमेरमा निधन भएको छ ।
राम्दीबाट घर तर्फ फर्कदै गर्दा तिवारीको सोच आयो यही ठाँउमा एक व्यवस्थित बृद्धाश्रम बनाउछु । त्यतीबेला सुविधा सम्पन्न बृद्धाश्रम बनाउने कुरा गर्दा धेरैले असम्भव भन्दै कुरा सुनेको नसुन्यै गरे तिवारी सम्झनुहुन्छ । वालिङ १० भकुण्डेमा रहेको शिवपार्वती मन्दिरमा शिवपुराण लगाउने र त्यसबाट बचेको रकमबाट सुविधा सम्पन्न बृद्धाश्रम सञ्चालन गर्ने योजना साथीहरु बीच भयो र हामी अगाडि बढ्यो तिवारी भन्नुहुन्छ । आज त्यो सपना साकार भएको छ । ५० जना बृद्धबृद्धाहरु सुविधा सम्पन्न बृद्धाश्रममा बस्छन् । बिक्रम संवत २०६५ तिरबाट शुरु गरिएको अभियान २०७३ मा साकार भएको तिवारीको भनाई छ । अझै पनि माथिल्लो तला सम्पन्न गर्न सकिएको छैन । सरकारी तथा बिभिन्न व्यक्तिहरुको सहयोगमा बृद्धाश्रम सञ्चालन भईरहेको छ ।


वालिङमा नै बृद्धाश्रम खोल्नु भएको भए हुने नी किन राम्दीमा बनाउनु भयो भन्ने प्रश्नमा तिवारी गम्भिर हुँदै भन्नुहुन्छ,‘कालीगण्डकीको तट र यातायातको पनि सुविधा भएकाले हामीले राम्दी रोजेका हौं ।’ राम्दीका साना साना कुटीमा बस्ने बेसाहारा बृद्धबृद्धाहरुलाई पनि आश्रय दिने उहाँको चाहाना पुरा हुन पाएकोमा तिवारी निक्कै हर्षित हुनुहुन्छ ।
प्रत्येक मंगलवार उहाँ कालीगण्डकीमा स्नान गर्न र बृद्धबृद्धाहरुलाई भेटघाट गर्न राम्दी पुग्नुहुन्छ । बृद्धाश्रममा बिगत लामो समय देखि बस्दै आएकी की भन्नुहुन्छ उहाँको प्रयासका कारण हामी निक्कै सजिलोगरी बस्न पाएका छौं ।
आश्रममा सुबिधा सम्पन्न कोठाहरु शौचालय, तातो पानी सहितको स्नान घर,टेलिभिजन,भजनकिर्तन गर्ने कक्ष लगायत रहेकाछन् । उनीहरुलाई निरन्तर रेखदेखका लागि एक परिवार नै राखिएको छ ।
बृद्धाश्रमको साधारणसभाको समयमा तत्कालिन गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकरीले भन्नुभएको थियो, ‘निरन्तर र एकल प्रयास जारी राख्ने हो भने सफलता मिल्ने रहेछ भने साथ दिने मान्छे पनि प्रसस्तै पाईदो रहेछ । म त्यही शैली अनुकरण गर्दैछु, कविता म्याडमबाट सिक्न धेरै छ ।’ बृद्धाश्रम सञ्चालनमा निरन्तर साथ दिएका वालिङ कै सविता भण्डारी भन्नहुन्छ, ‘हामी उहाँको मेहनत र निस्वार्थ भावनाले नै प्रभावित भएर साथ दिएका हौं ।’


पछिल्लो समय बृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुको पालनपोषण बिभिन्न मनकारी दानदाताहरुले दिएको दानबाट भईरहेको छ । हामी निरन्तर त्यस्ता दानदाताहरु खोजीरहन्छु र यसको बास्तविक अवस्थाबारे जानकारी दिन्छौं त्यसपछि दानदाताहरुको मन त्यसै पग्लिन्छ र दान आईहाल्छ तिवारीले थप्नु भयो ।
तिवारीले नियमित रुपमा राम्दीमा नै रहेको गुरुकुलका बिद्यार्थीहरुलाई समेत आवश्यक सहयोग गर्दै आउनु भएको छ ।
बृद्धाश्रम मात्रै होईन बिभिन्न उत्पादन र उत्पादकत्व बृद्धिमा रोजगराी सिर्जना गर्न सफल महिला उद्यमी कविता तिवारी गैह्रे अहिले नगर उपप्रमुखको उम्द्वार बन्नु भएको छ । समाजसेवा,उद्यमशीलता सँगै राजनीति समेत गर्दै आउनु भएकी तिवारी नेपाली काँग्रेसका तर्फबाट उमेद्वार बन्नु भएको हो ।

 

Facebook Comments Box
TOP