जेठ १ गतेदेखि विद्यालय पनि हप्तामा २ दिन बिदा, मिन पचासको बिदा ३० दिनमा झारियो

sarbajanik bida

काठमाण्डाै :  जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ ।

यस्तै विद्यालयमा हिउँदे, वर्षे, स्थानीय लगायतका बिदा कटाएर वर्षमा बढीमा ३० दिन मात्रै बिदा दिन पाइने भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Facebook Comments Box
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि

काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…

TOP