मुस्लिम समुदायले आज इद पर्व मनाउँदै ।

काठमाण्डौ:
अरबी पात्रो हिजरी सम्वत अनुसार दसौं महिना (सौवाल) को पहिलो दिन आज मंगलबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदैछन् । दसौं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो ।
अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । नवौं महिनाको अन्तिम दिन सोमबार बेलुका चन्द्रमा देखिएपछि मंगलबार इदउल फित्र मनाइएको हो ।
यसैबीच इदको अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले संविधानले सबैलाई समान अवसर प्रदान गरेको बताउनुभएको छ । इदको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य रहेको बताउनभएको हो । इद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यके संस्कृतिर्लाइ थब मजबुद बनाउने विस्वा व्यक्त गर्नुभयो । उहाँले इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै इदको अवसरमा मन्यजनबाट आशिर्वाद लिने र आपसमा खुशी आदानप्रदान गर्ने प्रचलनले मानवीय पक्षलाई प्रतिविम्वित गर्ने पनि बताउनुभएको छ ।
यस्तै प्रधानमन्त्री देउवाले इद पर्वले राष्ट्रिय एकता र अखण्डतालाई मजबुद बनाउने बताउनुभएको छ । उहाँले इद पर्वले समुदायहरुबीचको एकता र भाइचाराको सम्बन्धलाई थप मजबुद बनाउने पनि विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच इदउल फित्र पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…