हरिनास गाउँपालिकाको अध्यक्षमा एमालेका मानन्धर विजयी
वालिङ, जेठ १ गते ।
स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का खिम नारायण मानन्धर विजयी हुनुभएको छ ।
उहाँले गठबन्धन अन्तर्गतका नेपाली काँग्रेसका टोप बहादुर भुजेललाई ३७ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मानन्धरले ४७६९ मत ल्याउदा भुजेलले ४७३२ मत ल्याउनु भएको हो ।
यस्तै गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै ईन्द्र कुमारी राना विजयी हुनुभएको छ । उहाँले ४७४० मत पाउनु भएको छ । गठबन्धन अन्तर्गत माओवादीका मिठु लम्सालले ४७१६ मत ल्याउनु भएको छ ।
सात वटा वडा रहेको हरिनासमा वडा नम्वर १ मा गठबन्धन अन्तर्गत नेपाली काँग्रेसका ईन्द्र बहादुर गुरुङ, वडा नम्वर २ मा काँग्रेस कै चित्र बहादुर थापा,वडा नम्वर ३ मा ओमप्रकाश सिग्देल,वडा नम्वर ४ मा सन्त बहादुर थापा, वडा नम्वर ५ मा निर्मल लम्साल,दिल बहादुर रानाm ६ मा दिल बहादुर राना र वडा नम्वर ७ मा भरत थापा बिजयी हुनु भएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


