स्याङ्जाको गल्याङमा कुकुरहरुको बन्ध्याकरण शिबिर
स्याङ्जा :
\देशभर चुनाबको रौनक चलिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिकामा भने कुकुरहरुको बन्ध्याकरण शिबिर सञ्चालन गरिएको छ । बजार क्षेत्रका बाटोमा यत्रतत्र रहेका तथा घरमै पालिएका कुकुरहरुको बन्ध्याकरण शिबिर सञ्चालन गरिएको हो ।
भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा केन्द्रीय रिफरल पशु चिकित्सालय, काठमाडौंको प्राविधिक सहयोग एवम् गल्याङ नगरपालिकाको कार्यालयको व्यवस्थापनमा सञ्चालन गरिएको शिबिरमा एक सय ११ वटा कुकुरहरुलाई बन्ध्याकरण तथा रेविज विरुद्वको खोप सेवा दिइएको छ ।
घरमा पालेका कुकुरहरुको सुरक्षा एवम् सडकमा रहेका कुकुरहरुको न्युनिकरणका लागि अभियानको रुपमा एक दिने शिबिरको आयोजना गरिएको केन्द्रीय रिफरल पशु चिकित्सालय, काठमाडौंका पशु चिकित्सक डाक्टर टंक प्रसाईले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकामा कुकुर पाल्नेहरुको संख्या बढिरहेको र सडकमा रहेका कुकुरहरुले सवारी दुर्घटना समेत गराउन सक्ने भएकाले यस्तो शिबिर सञ्चालन गर्नुपरेको गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले बताउनुभयो ।
मानवलाई असर गर्ने रेविज रोग नियन्त्रणका लागि गल्याङमा यसअघि पनि निशुल्क खोपको व्यवस्था गर्ने गरिएकोमा बन्ध्याकरण शिबिर भने पहिलोपटक गरिएको हो ।
शिबिर सञ्चालनका लागि काठमाडौंबाट तीन जनासर्जन विशेषज्ञ सहितको टोली खटिएको छ । मुख्यतः सडकमा हुने बेवारिसे कुकुरहरुका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको अवस्थामा बन्ध्याकरण शिबिरले बजार क्षेत्रमा हुने त्यस्ता कुकुरको संख्या घट्न सक्ने देखिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


