काँग्रेसद्वारा चुनावी अभियानलाई तिब्रता, आज वालिङ १४ का टोल/टोलमा

बैशाख २१, वालिङ ।

नेपाली काँग्रेस वालिङले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी प्रचार प्रसार अभियानलाई तिब्र पारेको छ ।

चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमकाक्रममा बुधबार वालिङ १४ का फौदीखोला, कफ्लेटी, सिरबानी, हुल्काङ, डुम्रेभञ्ज्याङ, थाना, करादी, कोखेलगायतका स्थानहरुमा कोणसभा तथा घरदैलो कार्यक्रम गरेको हो ।

विभिन्न ठाउँमा भएका कोणसभामा बोल्नुहुँदै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले जनतालाई झुक्याउने र झुटा आश्वासनमात्रै बाड्नेलाई नभई जनताको हरेक सुख दुखमा प्रत्यक्षरुपमा सहभागी भएको स्थानीय सरकारका निवर्तमान प्रमुख एवं नेपाली काँग्रेसका उम्मेदवार दिलीपप्रताप खाँण, उपप्रमुख कविता तिवारी गैह«ेसहितको नेपाली काँग्रेसको टिमलाई बिजयी गराउन अनुरोध गर्नुभयो ।

“हामी झुटा आश्वासन बाड्न जान्दैनौं, जे बोल्छौं त्यही गर्छौ, जे गर्छौ त्यही बोल्छौं” तिवारीले भन्नुभयो, “पाँच वर्षसम्म नेपाली काँग्रेसकातर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको विकास निर्माण तथा कोभिड जस्तो महामारीका समयमा गरेको कार्य उदाहरणीय र प्रशंसनीय रहेको छ, हामी समस्याबाट भाग्दैनौं डटेर सामना गर्छौं ।”

कार्यक्रममा पूर्व नगर प्रमुख भोजराज अर्यालले जनताको आधारभूत आवश्यकताहरुको पहिचान गरी तिनै आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर नगरपालिकाले योजना बनाउने बताउनुभयो ।

उहाँले यहाँका समस्याहरुकाबारेमा नेपाली काँग्रेसका नेताहरु जानकार रहेको बताउँदै माटो र हावापानी सुहाउँदो र जनताको मागका आधारमा नयाँ कार्यक्रमहरु ल्याउनेमा जोड दिनुभयो । जनतासँग प्रत्यक्ष जोडिने सरकार स्थानीय सरकार भएकाले जनतालक्षित कार्यक्रमकालागि काँग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन पनि उहाँले अनुरोध गर्नुभयो ।

काँग्रेस महाधिवेशन प्रतिनिधि विष्णु पौडेलले काम गर्ने शिलशिलामा अधुरा रहेका कार्यहरुलाई पूरा गर्नकालागि र अनुभवलाई प्रयोग गर्न दिनकालागि नेपाली काँग्रेसका सम्पूर्ण उम्मेदवारहरुलाई बिजयी गराउन अनुरोध गर्दछु ।

कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार एवं निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिका एउटा गतिमा अगाडि बढेको बताउनुभयो ।

नगरबासीहरुको सल्लाह, सुझाव र सहयोगबाट विभिन्न क्षेत्रमा बृहत नगरस्तरीय योजना बनाई कार्यान्वयनको चरणमा रहेकाले त्यसलाई पूरा गर्नकालागि र आधारभूत तहको स्मार्ट सिटी निर्माण गर्नकालागि नेपाली काँग्रेसलाई बिजयी गराउन नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले अनुरोध गर्नुभयो ।

“बाहिर विभिन्न अफवाहहरु फैलाईएको छ, त्यसमा कुनै सत्यता छैन” नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले भन्नुभयो, “नगरले अगाडि बढाएका विभिन्न कार्यहरुमा अवरोध सिर्जना गरिएका छन्, यसमा नागरिकहरु सचेत हुनु आवश्यक छ ।”

कार्यक्रममा उपप्रमुख पदकी उम्मेदवार कविता तिवारी गैह«ेले जबसम्म नागरिकको आर्थिक विकास हुन सक्दैन तबसम्म नगरको विकास हुन नसक्ने भएकाले आर्थिक विकासकालागि उद्यमशीलताका कार्यहरुलाई प्राथमिकताकासाथ अगाडि बढाउने बताउनुभयो ।

मुस्लिम समुदायको आपत्ति :

मुस्लिम समुदायका सम्पूर्ण ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरे भनी गरिएको प्रचारप्रति कुनै सत्यता नरहेको बताईएको छ ।

मुस्लिम समुदायका ज्येष्ठ नागरिकहरु, महिला तथा यूवाहरु नेपाली काँग्रेसको पार्टी कार्यालयमा उपस्थित भई आँफूहरु कुनै पनि पार्टीमा नगएको र नेपाली काँग्रेसमै रहेको बताएका हुन् । सीमित ब्यक्ति गएपनि मस्लिम समुदायका धेरैको संख्यामा कार्यकर्ताहरु नेपाली काँग्रेसमै रहेको र पार्टी छाडेर नजाने प्रतिबद्धता जनाएका हुन् ।

“हामी नेपाली काँग्रेस पार्टी छाडेर गएका होईनौं र जाँदा पनि जाँदैनौं” मुस्लिम समुदायका युवक अहमद अलीले भन्नुभयो, “सामाजिक सञ्जालमा आएका कुराहरु भ्रमात्मक हुन् यसमा कुनै सत्यता छैन ।”

मुस्लिम समुदायको माग र सुनुवाईकाबारेमा ध्यान दिने पार्टी नेपाली काँग्रेस भएको दाबी गर्दै उहाँले मुस्लिम समुदायका यूवाहरु झनै सशक्त भएर चुनाव प्रचार प्रसारकालागि घरदैलो अभियानमा अगाडि बढेको बताउनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP