देशभर ६४ प्रतिशत मत खसेकाे आयाेगकाे प्रारम्भिक अनुमान

election waling

निर्वाचन आयोगले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ ।

आयोगले आज बेलुका पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो सङ्ख्या बढ्न सक्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताउनुभयो । उहाँले सबैभन्दा धेरै मतदाता रहेको काठमाण्डाैमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘आज चुनावकाे दौरान विभिन्न जिल्लामा छिटपुट घटना र केही ठाउँमा अप्रिय घटना भए । यसको कारण अहिलेसम्म १४ जिल्लाका १७ पालिकाका २८ वटा मतदान स्थलका ४४ वटा केन्द्रमा मतदान स्थगित भएकाे छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग सुरक्षा व्यवस्था र राजनीतिक दलहरूको व्यवस्थाको बारेमा चिन्तित र सशङ्कित भएको बताउनुभयो ।

तस्वीर -वालिङ ९ अन्नर्गत वालिङ बहुमुखी क्याम्पसको मतदान स्थल ।

Facebook Comments Box
TOP