स्याङ्जाको गल्याङ–६ को वडाध्यक्षमा २६ वर्षीय युवा विजयी

स्याङ्जा :
जिल्लाको गल्याङ नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
वडामा कांग्रेसका दिप गुरुङ (छिरिङ)ले ७ सय ५० मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का तुल्सी भुसालले ६ सय १७ मत ल्याउनुभएको थियो । २६ वर्षका उहाँ जिल्लाकै कान्छो उम्मेदवारसमेत हुनुहुन्छ ।
विजयी भएसँगै गुरुङले भौगोलिक रूपमा पछि परेको वडा नम्बर ६ मा शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीको सुविधा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अंग्रेजी माध्यमको पढाइ नपाएर अधिकांश स्थानीय गाउँ छोडिरहेको सन्दर्भमा गाउँमै अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने उहाँको योजना छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…