स्याङ्जाको गल्याङ–६ को वडाध्यक्षमा २६ वर्षीय युवा विजयी
स्याङ्जा :
जिल्लाको गल्याङ नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
वडामा कांग्रेसका दिप गुरुङ (छिरिङ)ले ७ सय ५० मत ल्याई विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का तुल्सी भुसालले ६ सय १७ मत ल्याउनुभएको थियो । २६ वर्षका उहाँ जिल्लाकै कान्छो उम्मेदवारसमेत हुनुहुन्छ ।
विजयी भएसँगै गुरुङले भौगोलिक रूपमा पछि परेको वडा नम्बर ६ मा शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीको सुविधा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अंग्रेजी माध्यमको पढाइ नपाएर अधिकांश स्थानीय गाउँ छोडिरहेको सन्दर्भमा गाउँमै अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने उहाँको योजना छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


