भिरकोटमा एमाले उपमेयरका उम्मेद्वार र वडा अध्यक्ष पैसा बाड्दै गर्दा समातिए ।

स्याङ्जा :
भिरकोट नगरपालिकामा नेकपा एमालेका उमेद्वारहरु पैसा बाड्दै गर्दा रंगे हात समातिएकाछन् ।
उपमेयरकी उम्मेदवार सरस्वती अधिकारी ४ नम्बर वडाका अध्यक्षका उम्मेदवार मेघनारायण ढुंगाना तथा बहालावाला वडा अध्यक्ष चन्द्रबहादुर बस्नेतलाई प्रहरीले पैसासँगै समातेको हो ।
भीरकाट ४ का काँग्रेस कार्यकर्ताहरुले आफूलाई एमालेले पैसामा खरिद गर्न खोजेको भन्दै प्रहरीमा खवर गरेको बताइएको छ ।
उनिहरुको साथबाट ७३ हजार र बिभिन्न बैंकका सात वटा चेक बुक बरामत गरिएको छ । स्थानीय काँग्रेस कार्यकर्ताले चारै तर्फबाट घेरा हाली प्रहरी प्रशासनलाई नियन्त्रणमा लिन सहयोग गरेको काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो ।
एमालेले कति रकम बाढिसक्यो भन्ने नखुलेको प्रहरीको भनाई छ । एमालेले बिभिन्न बैंकका चेकहरु मतदातालाई दिने गरेको समेत स्थानीयले आरोप लगाएकाछन् ।
यस अघि बुधबार पनि एमाले उम्मेदवारले नगरको तीन नम्बर वडामा पैसा बितरण गरेको आरोप लागेको थियो । एमाले मेयरका उमेद्वार बिश्वनाथ अर्याल सहितको टोलीले पैसा बितरण गरेको भन्ने सूचना काँग्रेसले प्रहरीलाई गराएको भए पनि प्रहरी नपुग्दै झोला लिएर उनीहरु भागेको काँग्रेसको आरोप छ । उनीहरुले प्रयोग गर्ने गरेको जिप भने प्रहरीले नियन्त्रणमा छ ।
बुधवारको घटनामा पैसा बितरणको काम नभएको बिहिवार एमालेले जनाएका थियो । मेयरका उमेद्वार अर्यालले फेसबुकमा स्टाटस लेख्दै आफूहरुबाट त्यस्तो नहुने बताउनु भएको थियो । तर बिहिबार उपमेयरका उमेद्वार नै समातिए पछि सबै तिर संका लागेको काँग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो एमालेले भीरकोट सहित जिल्लाका ११ वटै पालिकामा पैसाको चलखेल गरेको छ । एमाले सँग जति पनि पैसा कहाँबाट आयो खोज्नु पर्ने भन्दै उपसभापति श्रेष्ठले सवै मतदातालाई सचेत हुन आग्रह समेत गर्नुभयो ।

Facebook Comments Box
TOP