भीरकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कर्माचार्य विजयी
स्याङ्जा :
स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्मचार्य विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विश्वनाथ अर्याललाई पराजित गर्नु भएको हो ।
कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गर्नुभएको छ भने अर्यालले ५ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी हुनुभएको छ ।
अर्यालले ७ हजार १७९ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धीै सरस्वती अधिकारीले ४ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमालेको अध्यक्ष मात्र जितेको छ सदस्यहरु सबै काँग्रेसका छन् ।
भीरकोट नगरपालिकामा निर्वाचित ४७ सिटमध्ये वडा नं ६ को वडा अध्यक्षबाहेक सम्पूर्ण सीटमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारहरु विजयी भएकाहृन् ।
भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


