जीप दुर्घटनाप्रति नेपाली काँग्रेसद्वारा दुःख ब्यक्त

वालिङ, ३० बैशाख ।
स्याङ्जाको वालिङ १४ अर्खलबासमा आज भएको जीप दुर्घटनाप्रति नेपाली काँग्रेसले दुःख ब्यक्त गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. २ र वालिङ नगर समितिले ठूलो संख्यामा भएको मानवीय क्षतिप्रति दुःख ब्यक्त गरेको हो ।
क्षेत्रीय सभापति दिलीपप्रताप खाँण र वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले आज एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।
ठूलो संख्यामा मानवीय क्षति भएको छ भने घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । जीप दुर्घटनामा परी मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ। त्यस्तै मृत्यु भएकाको परिवारलाई वालिङ नगरपालिकाबाट जनही एकलाख र नेपाल सरकारबाट जनही पाँच लाख क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरिएको छ ।
मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । बिहान साढे दश बजेको समयमा वालिङ १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदा ग २ च ३०२६ नम्बरको जीप पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सवारमध्ये १४ जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रबीन्द्र खनालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी ज्यान गुमाउने १४ जना र १२ जना घाईतेहरु एउटै गाउँका भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…