वालिङमा तेस्रो मेयर कप तथा दोस्रो उपमेयर कप शुरु
वालिङ, ६ बैशाख :
वालिङ नगरपालिकाद्धारा आयोजित नगरपालिकास्तरीय अन्तर वडा तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता तथा दोस्रो उपमेयर कप महिला भलिबल प्रतियोगिता वालिङ १ को रामबाच्छा खेलमैदानमा शुरु भएको छ । प्रतियोगिताको उद्दघाटन गर्नुहुँदै नगरप्रमुख दिलिपप्रताप खाँणले खेलले युवाहरुलाई अनुशासित र संगठित बताउने बताउनुभयो ।
साथै प्रमुख खांणले खेल र खेलाडिको विकासका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । खेललाई व्यवासायिक रुपमा अगाडि बढाई खेलाडिको भविष्य सुनिश्चित बनाउनुपर्नेमा जोड दिनुभयो । खेलकै माध्यमबाट पहिचान बनाउन सकिने भएकाले वालिङमा खेलाडिको उत्पादन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म यहाँका खेलाडि पु¥याउन सकियो भने यहाँको थप विकास हुने बताउनुभयो । कार्यक्रमको उद्दघाटन पदमराज गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत नगरप्रवक्ता केदार काफ्ले र सञ्चालन दिपेन्द्र खांणले गर्नुभएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ वालिङ नगरका १४ वटै वडाका १४ टिम र महिलातर्फ ५ टिमको सहभागिता छ । प्रतियोगितामा पुरुषतर्फ प्रथमले ६५ हजार, द्धितियले ४१ हजार र तृतिय हुने दुई समुहले ३०/३० हजार नगद सहित मेडल प्रमापत्र प्राप्त गर्नेछन् भने महिलातर्फ प्रथम, द्धितिय र तृतियले क्रमशः ४० हजार २० हजार र १४ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता यही बैसाख ६ गतेसम्म सञ्चालन हुनेछ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


