स्याङ्जाको वालिङमा जिप दुर्घटना ५ जनाको मृत्यु, थप बिबरण आउन बाँकी ।
वालिङ, बैशाख ४ गते ।
स्याङ्जाको वालिङमा जिप दुर्घटना ५ जनाको मृत्यु भएको छ । वालिङ १२ बाट वालिङको बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । ४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पतालमा ल्याईएको प्रहरी निरिक्षक पदमराज थापाले जानकारी दिनुभयो । उहाँका अनुशार तीन जना गम्भिर घाईतेहरुलाई उपचारका लागि पोखरा पठाईएको छ ।
अहिले पनि उद्धारको कार्य जारी रहेको छ । यस बारे थप बिबरण आउन बाँकी रहेको छ ।
जिप सडकबाट सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले जनाएकाछन् । जिपमा ११ जना सवार रहेका बताईएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


