यूएसएआइडीद्वारा नेपाललाई एमसीसीभन्दा ठूलो अनुदान रकम दिने ।
काठमाण्डौ:
अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसएआइडी)ले नेपाललाई एमसीसीभन्दा ठूलो अनुदान रकम दिने भएको छ । सो अनुदान सहयोग प्राप्तिका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले यूएसएआइडीबाट नेपालका लागि प्राप्त हुने ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग लिने निर्णय भएको जानकारी दिए ।
यो रकम यसअघिको बहुचर्चित अमेरिकी अनुदान परियोजना एमसीसीको भन्दा ठूलो हो । संसद्बाट अनुमोदन गर्नुपर्ने कारणले राजनीतिक दलहरूबीचमै विवादित बनेको एमसीसीले नेपाललाई विद्युत् र सडक परियोजनाका लागि ५०० मिलियन अमेरिकी डलर अनुदान दिनेछ । यूएसएआइडीले त्योभन्दा १५९ मिलियन डलर बढी अनुदान दिने भएको हो ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले सो अनुदान रकम लिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए । ‘अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय यूएसआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ (करिब ७९ अर्ब ७१ करोड)अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।
बैठकले थप १५० मिलियन अमेरिकी डलर ऋण सहायतासमेत स्वीकार गरेको छ । मन्त्री कार्कीका अनुसार बैठकले विश्व बैंकसहितका अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


