जीप दुर्घटनामा २ प्रहरीको मृत्यु, ७ जना घाइते ।

काठमाण्डौ:
ओखलढुङ्गामा जीप दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशी रहेका छन्।
सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जीप आज बिहान ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६ बान्द्रेभीरमा दुर्घटना भएको हो।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। घाइतेमध्ये प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ।
अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयर र आस्था लाइफ हेल्थ केयरमा उपचार भइरहेको छ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…