सन्दीप लामिछाने करिब रु ९६ लाख मूल्यमा ‘द हन्ड्रेड’को ड्राफ्टमा ।
काठमाण्डौ:
दोस्रो संस्करणको ‘द हन्ड्रेड’ लिगको लागि नेपाली लेग स्पिनर तथा राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेले ड्राफ्टमा नाम दर्ता गराएका छन्।
द हन्ड्रेडको ड्राफ्टमा १६ बिभिन्न देशका २८४ जना इंग्ल्यान्ड बाहिरका खेलाडीले नाम दर्ता गराएका हुन्। यस्तै २५० जना इंग्ल्यान्डका घरेलु क्रिकेटर पनि ड्राफ्टमा छन्। ६ अप्रिलमा ड्राफ्ट मार्फत टिमहरुले खेलाडी छनोट गर्नेछन्।
प्रतियोगितामा सहभागी ८ टिमले यसअघिको सिजनकै आधारमा खेलाडीहरु रिटेन गरेका छन् भने कुल ४२ खेलाडीको स्थान खाली छ। गत वर्ष आफ्नो टिममा रहेका खेलाडीलाई टिमले ‘राइट टु म्याच’ को आधारमा टिममा अनुबन्ध गर्न सक्नेछन्।
नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ड्राफ्टमा आफ्नो मूल्य ६० हजार पाउण्ड राखेका छन्। सोही मूल्यमा सन्दिपसँगै शिमरन हेटमायर, एडेन मारक्रम, एन्डीले फेलुक्वायो, ग्लेन फिलिप्स, केन रिचर्डसन, मिचेल स्यान्टनर, ओडेन स्मिथ, विल योंग, एडम जाम्पा छन्।
यसअघि सन्दिप ओभलमा अनुबन्ध हुँदा उनको मूल्य एक लाख पाउण्ड थियो।
गत संस्करण पनि सन्दिप ओभल इन्भीन्सीबलबाट द हन्ड्रेड खेल्न छनोट भएता पनि भिसा समस्याका कारण इंग्ल्यान्ड पुगेता पनि त्यहाँबाट नेपाल फर्कनुपरेको थियो। ओभलले सन्दिपलाई यो सिजन रिटेन गरेको छैन।
द हन्ड्रेडको ड्राफ्टमा सर्वाधिक मूल्य १ लाख २५ हजार पाउण्डमा बाबर आजम, क्रिस गेल, मिचेल मार्श, सुनिल नारायण, काईरन पोलार्ड, निकोलस पुरन, ताब्रेज शाम्सी र डेभिड वार्नरले नाम दर्ता गराएका छन्।
यस्तै एक लाख पाउण्डमा शाकिब अल हसन, क्विन्टन डीकक, झाई रिचर्डसन, आन्द्रे रसेल छन्।
७५ हजार पाउण्डमा मोहम्मद आमिर, ड्वेन ब्राभो, आरोन फिंच, इमरान ताहिर, डेभिड मिलर, मुजिब उर् रहमान जस्ता खेलाडी छन्। म्याथु वेड, मार्नस लाबुसेन, मोहम्मद नाबीले आफ्नो मूल्य ५० हजार पाउण्ड राखेका छन्।
द हन्ड्रेड लिगको दोस्रो सिजन आगामी ३ अगस्टदेखि ३ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


