जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ ।

काठमाण्डौ:
६ वर्षीया बालिकासंग जबरजस्ती करणी गरेको आरोपमा पर्सामा प्रहरीले एक जना ५५ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले जनाए अनुसार जिल्ला बारा प्रसौनी घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ५५ को पलट चौधरीले चैत २६ गते का दिन दिउँसो १ बजे पीडित ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।

बालिका खेल्नका लागि घरबाट निस्केको मौका छोपी चौधरीले आफू बस्ने गरेको घरको कोठाभित्र लगेर जबरजस्ती करणी गरेको बालिकाको अभिभावकले जाहेरी दिएका छन्। जाहेरी दरखास्त दिएको केही घण्टाभित्रै अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रवार बालिकाका परिवार जनाले दिएको जाहेरी दरखास्तको आधारमा पलट चौधरीलाई शुक्रवार दिउसो ११ बजे घरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।

Facebook Comments Box
TOP