पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता,  बिक्री वितरण यथावत रुपमा संचालन हुने ।

काठमाण्डौ:
पेट्रोलियम पदार्थको मूल्य अनुसार ढुवानी खर्च समायोजन नगरेको भन्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।

शनिबार नेपाल आयल निगमसँग ४ बुँदे सहमति गर्दै व्यवसायीहरुले आन्दोलन स्थगन गरेका हुन् । सहमतिसँगै पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणको कार्य यथावत रुपमा संचालन हुने भएको छ।

Facebook Comments Box
TOP