वालिङमा अर्गानिक अचारको व्यवशायीक उत्पादन र बिक्रि शुरु ।
वालिङ, चैत्र २३ गते :
वालिङमा अर्गानिक अचारको व्यवशायीक उत्पादन र बिक्रिबितरण शुरु गरिएको छ । ‘आमाको हात घर–घरको स्वाद’ भन्ने मुलमन्त्रका साथ वालिङमा अर्गानिक अचारघर सञ्चालनमा ल्याईएको हो ।
अचारघरको शुभारम्भ गर्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्थानीय उत्पादनको प्रयोग गर्दै शुरु गरिएको अभियानलाई नगरपालिकाले साथ दिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘उत्पादित बस्तुहरुको बाई प्रोडक्ट बनाउने गर्दा उत्पादित बस्तुहरु खेर जाने समस्या रहदैन । ’
नगरपालिकाले कोशेली घरको समेत सञ्चालनमा ल्याउन लागेको जानकारी गराउदै नगरप्रमुख खाँणले स्थानीय उत्पादनसँगै बाईप्रोडक्टमा जोडिनु पर्ने घारणा राख्नुभयो । उहाँले भन्नुभयो, उत्पादित बस्तुहरुको बाईप्रोडक्ट गराउदा बजारीकरणमा समेत निक्कै सहजता हुने गर्दछ ।

वालिङ नगरपालिका, युएनिडपी नेपाल र दियालो संस्थाको साझेदारी तथा वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको सहकार्यमा वालिङ ८ बाणिज्य टोलमा अचार घर सञ्चालनमा ल्याईएको हो ।
कार्यक्रममा बोल्दै वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगका अध्यक्ष शिव डुम्रेले स्थानीय स्तरमा नै आमाहरुको सक्रियतामा तयार पारिएको अचारलाई लेवलिङ तथा ब्राण्डिङ गरि सहज रुपमा बजार सम्म पुर्याउने तयारी गरिएको जानकारी दिनुभयो ।
महिलाहरुको सक्रियतामा अचारको उत्पादन शुरु भएको भन्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्पादन बढाउन र बजारीकरणका लागि आफूहरुले सहजीकरण गर्ने बताउनु भयो ।

आमाहरुको सक्रियतामा नै उत्पादन शुरु भएको भन्दै वालिङ अदुवाका प्रवन्धक राजु डुम्रेले उत्पादन बढाउदै बजारको बिस्तार गरिने जानकराी दिनुभयो ।
महिला उद्यमी पुना भुषालले महिलाहरु खाली समयमा काम गरे पनि उत्पादित बस्तुबाट राम्रो अचार लगायतका सामाग्री बनाउन सक्ने बताउनु भयो ।
वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगले बिभिन्न साझेदारहरुसँग मिलेर अचार,मसला लगायतका सामाग्रीहरु उत्पादन गर्दै आईरहेको छ । जहाँ महिलाहरुको भूमिका महत्वपूर्ण रहेको छ ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


