मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु ।

तनहुँ
तनहुँमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रबार व्यास नगरपालिका–१२ देउरालीमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु ७० प १७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा देउरालीका ६२ वर्षीय नन्दगोपाल कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागी दमौलीस्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागी मणीपाल शिक्षण अस्पताल पोखरामा पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक पाल्पा रामपुर ४ का ३८ वर्षीय जुबेर अहमद मियालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…