नेपालको लगातार चौँथो जित ।
काठमाण्डौ:
नेपाल लगातार चौँथो खेलमा अपराजित रहदै त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा फाइनल पुगेको छ । सिरिजको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल अपराजित रहेर फाइनल पुगेको हो ।
नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयो । मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए । बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुईरदुई विकेट लिए । यस्तै कुशल भुर्तेल र रोहित पौडेलले एकरएक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायो ।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चौकाको मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै रोहित पौडेलले ५१ रन बनाए ।
बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्ष स्थानबाट फाइनल पुगेको छ । मलेसिया पराजित भएसँगै सिरिजबाट बाहिरियो ।
फाइनलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्ने छन् । पीएनजी र मलेसियाले समान खेलमा समान १ जित निकालेपनि नेटरनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो । फाइनल खेल आउँदो सोमबार हुनेछ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


