स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति ।

 

काठमाण्डौ:
राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो ।

नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम उहाँले सेना परिचालनको लागि स्वीकृति दिनुभएको हो ।

‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP