नेपाली काँग्रेसका मेयर-उपमेयरका उम्मेदवारले थाले घरदैलो
वालिङ, १३ बैशाख :
आगामी बैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस वालिङका उम्मेदवारले घरदैलो अभियान थालेका छन् ।
नेपाली काँग्रेस वालिङ नगर समिति र प्रमुख, उपप्रमुखका उम्मेदवारहरुबीच बैठक बसी घरदैलो अभियान गर्ने निर्णयसँगै आजबाट घरदैलो थालिएको हो ।
आज वालिङ वडा नं. १ को रामबाच्छा, त्रियासी, खहरेमा घरदैलो तथा वडा नं. २ को सिमलचौपारी, धौखोला, छाप्राक, तीलडाँडामा घरदैलो तथा भेटघाट गरिएको हो ।
आज सिमलचौपारीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकालाई आधारभूत तहको स्मार्ट सिटीकोरुपमा स्थापित गर्न र अधुरा रहेका कार्य योजनाहरुलाई पूरा गर्नकालागि पनि नेपाली काँग्रेसको नेतृत्वलाई मतदान गरी बिजयी गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुखका उम्मेदवार दिलीपप्रताप खाँणले पाँच वर्षका अवधिमा अधुरा रहेका कार्यहरुलाई पूरा गर्नकालागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले यसअघिका अधुरा कार्यहरुलाई नयाँ जोश र जाँगरकासाथ अगाडि बढाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले वालिङबासी नागरिकहरुको चाहनालाई ध्यान दिंदै उद्यमशिलताका माध्यमबाट आर्थिक विकासका योजनाहरु आगामी दिनमा ल्याउने बताउनुभयो ।

कार्यक्रममा उप प्रमुख पदका उम्मेदवार कविता तिवारीले आसन्न निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई अमुल्य मत दिएर बिजयी गराउन अनुरोध गर्नुभयो । उहाँले नागरिकहरुको सुख दुखमा साथ दिने पार्टी नेपाली काँग्रेस भएकाले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस वालिङ कार्य समितिले प्रमुख, उपप्र्र्रमुुुख तथा वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुसँगको संयुक्त छलफल गरी वडा÷वडामा प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले बताउनुभयो ।
नगरका १४ वटा वडामा एकहप्तासम्म टोल टोलमा पुगेर टोल भेला गरिने भएको छ । निर्वाचनलाई लक्षित गरी विभिन्न तयारी समितिहरु गठन गरी तयारी थालिएको उहाँले बताउनुभयो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्षका उम्मेदवार पदमराज गुरुङ, २ का वडा अध्यक्षका उम्मेदवार पोतप्रसाद लम्सालसहित वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


