काँग्रेसले टुङ्ग्यायो स्याङ्जाका ६ गाउँपालिकाका प्रमुख, सबै पालिकामा गठबन्धन ।
स्याङ्जा :
स्याङ्जा काँग्रेसले ६ वटा गाउँपालिका प्रमुखको उम्मेदवार तय गरेको छ । काँग्रेसले आँधीखोला गाउँपालिकामा प्रेम पौडेल, फेदीखोलामा लक्ष्मीप्रसाद बराल बद्री, हरिनासमा टोपबहादुर भुजेल टोपा, अर्जुन चौपारीमा प्रकाश तिवारी, कालीगण्डकीमा माया राना र बिरुवामा डोलराज पोख्रेल डिआर लाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको स्याङ्जाका प्रवक्ता भरत लम्सालले जानकारी दिनुभयो ।
आँधीखोला, फेदीखोला, हरिनास, बिरुवाको गाउँपालिकाको उपाध्यक्ष सहित केही वडामा गठबन्धनका साझेदार दललाई दिने निर्णय गरिएको प्रवक्ता लम्सालले बताउनुभयो । उहाँका अनुशार कालीगण्डकी गाँउपालिकामा जनमुक्ती पार्टीसँग गठबन्धन हुनेछ । त्यस्तै अर्जुन चौपारी गाँउपालिकामा काँग्रेस कै सपना गुरुङलाई उपाध्यक्ष बनाउने निर्णय गरेको काँग्रेसले जनाएको छ ।
काँग्रेसले कालीगण्डकी महिला तथा जनजातीबाट माया रानालाई प्रमुख पदमा उमेद्वार बनाएको हो । यस्तै हरिनासमा जनजाती तथा पिछडा बर्गबाट टोपा भूजेललाई अध्यक्ष बनाएको छ ।
त्यस्तै भर्खरै काँग्रेसमा प्रवेश गरेका तत्कालीन एमालेका जिल्ला सदस्य लक्ष्मीप्रसाद बराललाई फेदीखोलाको अध्यक्षमा उम्मेद्वार बनाएको छ ।
काँग्रेस केन्द्रीय उपाध्यक्ष समेत भईसकेको प्रेम पौडेललाई र अर्जुनचौपारीमा युवा उद्यमी पकाश अर्याललाई उमेद्वार बनाएको छ ।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…