सोमबारदेखि उल्कावर्षा हुने, ९ गते राति नेपाली आकाशमा सजिलै देखिने ।

काठमाण्डौ:
सोमबारदेखि वीणा उल्कावर्षा हुने भएको छ।
वैशाख ५ गते देखि १२ गतेसम्म वीणा उल्कावर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। उनका अनुसार यो उल्कावर्षा भोलिदेखि हुने भएपनि वैशाख ९ गते राति भने सक्रिय हुनेछ।
‘मौसमले साथ दिए वैशाख ९ गते राति नेपाली आकाशमा उल्कावर्षाको रमाइलो दृश्य देख्न सकिन्छ,’ उनले भने। यो उल्कावर्षालाई अंग्रेजीमा लाइरिड मिटियोर सावर भनिन्छ। उल्कावर्षाको अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने भट्टराईले बताए।
उनका अनुसार थ्याचर नामक पुच्छ्रेताराले छोडेका धूलोका कणहरू पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हँदा यो उल्कावर्षा देखिन्छ।थ्याचर पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँछ।
‘पुच्छ्रेतारा वा धुमकेतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरू छोड्ने गर्छन् जुन लाखौं किलोमीटरसम्म फैलिन सक्छन्। यसरी फैलिएका धूलोका कणहरूले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ,’ उनले भने, ‘परिक्रमा गर्ने क्रममा जब यी धूलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ। यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्कावर्षा भन्ने गरिन्छ।’
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…