सरकारद्वारा राष्ट्र बैंकका गभर्नर निलम्बित ।
काठमाण्डौ:
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले बतायो। अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण अधिकारीलाई निलम्बन गरिएको बुझिएको छ। अधिकारीमाथि छानबिनका लागि निलम्बन गरिएको दाबी गरिएको छ।
बिहीबारकै निर्णय भए पनि सरकारले अधिकारीको निलम्बन गोप्य राखेको थियो।शुक्रबार दिउँसोसम्म अधिकारी मन्त्री शर्मासँगै कार्यक्रममा थिए। अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए।
‘निलम्बनको हल्ला आएको छ, दिउँसोसम्म म मन्त्रीज्यूसँग कार्यक्रममै थिएँ, पत्र आइनसकेकाले केही थाहा भएन,’ उनले भने। अर्थमन्त्री शर्माले शुक्रबार बिहानको एउटा कार्यक्रममा अधिकारीमाथि आक्रोश पोखिरहेका थिए।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


