सरकारद्वारा राष्ट्र बैंकका गभर्नर निलम्बित ।
काठमाण्डौ:
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले बतायो। अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण अधिकारीलाई निलम्बन गरिएको बुझिएको छ। अधिकारीमाथि छानबिनका लागि निलम्बन गरिएको दाबी गरिएको छ।
बिहीबारकै निर्णय भए पनि सरकारले अधिकारीको निलम्बन गोप्य राखेको थियो।शुक्रबार दिउँसोसम्म अधिकारी मन्त्री शर्मासँगै कार्यक्रममा थिए। अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए।
‘निलम्बनको हल्ला आएको छ, दिउँसोसम्म म मन्त्रीज्यूसँग कार्यक्रममै थिएँ, पत्र आइनसकेकाले केही थाहा भएन,’ उनले भने। अर्थमन्त्री शर्माले शुक्रबार बिहानको एउटा कार्यक्रममा अधिकारीमाथि आक्रोश पोखिरहेका थिए।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


