प्रतितोला सुन १ लाख २ हजार रुपैयाँ !

 

पोखरा:
नेपाली बजारमा आज सोमबार  प्रतितोला सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाला सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज चाँदी १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

Facebook Comments Box
TOP