पछिल्लो २४ घण्टामा ३२ ठाउँमा आगलागी, एकको मृत्यु, पाँच घाइते ।
काठमाण्डौ:
गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ ।
प्राधिकरणले शनिबार जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ ।
यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ । ती अगलागीका घटनामा झण्डै दुई करोड रुपैयाँको क्षति भएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


