कांग्रेसको चुनावी सभा सञ्चालन मापदण्ड: दुई घण्टाभित्र कार्यक्रम सक्नु पर्ने ।
काठमाण्डौ:
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।
समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो ।
बैठकले सभामा आसन ग्रहण र वक्ताको संख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ ।।
Facebook Comments Box
समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


