बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु ।
काठमाण्डौ:
धादिङमा बस र कार ठोक्किँदा चार भारतीय र एक नेपाली गरी पाँच जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो २ बजे थाक्रे गाउँपालिका ७ जुङखोला स्थित पृथ्वी लोकमार्गमा बस र कार आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०२५ भ २९६८ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको थियो। उपचारका क्रममा कारका चालक तनहुँ खैरेनीका ३५ वर्षीय दिलबहादुर बस्नेतको मृत्यु भएको हो। सवा ४ बजे टिचिङ अस्पतालमा उनको मृत्यु भएको कार्यालयले जनाएको छ। त्यस्तै कारमा सवार भारत उत्तरप्रदेशका अन्दाजी ४५ वर्षीय विमलचन्द्र अग्रवाल, अन्दाजी ३५ वर्षीया साधना अग्रवाल, अन्दाजी ४० वर्षीया सन्ध्या अग्रवाल र अन्दाजी ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये विमलचन्द्रको वीर अस्पताल र अरूको ट्रमा सेन्टरमा मृत्यु भएको हो।
यस्तै बसमा सवार धादिङ निलकण्ठ नगरपालिका-११ बस्ने २४ वर्षीय राम परियारको अनुहारमा चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


