नेपाल र भारतबीच चार सम्झौता तथा समझदारीमा हस्ताक्षर ।

काठमाण्डौ:
नेपाल र भारतबीच ऊर्जा र रेलवेमा सहकार्य गर्नेबारे चार वटा सम्झौता भएका छन्।
भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटपछि दुबै देशका अधिकारीहरूले ती समझदारी तथा सम्झौतामा हस्ताक्षर गरेका हुन्।
इन्टरनेसनल सोलार एलाइन्समा नेपालको प्रवेशसम्बन्धी समझदारी, भारतीय आयल निगम र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थ आपूर्तिमा सम्झौता, भारतीय आयल निगम र नेपाल आयल निगमबीच प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। त्यस्तै सीमापार रेलसम्बन्धी प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ।
आजै प्रधानमन्त्री देउवा र मोदीले जयनगर-जनकपुर रेलको उद्घाटन गरेका थिए।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…