७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना
यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
आज बिहीवार भएकाे नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयाे ।
उहाँले अब पालिकाको चुनाव नरोकिने बताउँदै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावको तयारी अन्तिम चरणमा पुगेको भन्दै वैशाख ३० गते जसरी पनि चुनाव हुने दाबी गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयमा चुनावका लागि आवश्यक सामग्री पुर्याउने काम पनि भइरहेको उहाँले बताउनुभयो ।
वैशाख ३० गते हुने पालिका चुनावका लागि आउँदाे ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


तस्वीर : वालिङ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदै ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


