तनहुँमा कुवामा डुबेर ४६ वर्षीया महिलाको मृत्यु ।

तनहुँ :
पानीको कुवामा डुबेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।
भिमाद नगरपालिका–३ माझकोट पिपल भन्ज्याङमा कुवामा डुबेर ४६ वर्षीया यमकुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको पश्चिमतर्फ रहेको कुवामा पानी लिन गएकी थापा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।घटनाबारे उनका श्रीमान केयर सिंह थापाले टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय भिमादमा जानकारी गराएका थिए। प्रहरी टोली तत्कालै घटना स्थलमा पुगि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टनका लागी भिमाद स्वास्थ्य चौकीमा राखिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…