तनहुँमा कुवामा डुबेर ४६ वर्षीया महिलाको मृत्यु ।
तनहुँ :
पानीको कुवामा डुबेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।
भिमाद नगरपालिका–३ माझकोट पिपल भन्ज्याङमा कुवामा डुबेर ४६ वर्षीया यमकुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको पश्चिमतर्फ रहेको कुवामा पानी लिन गएकी थापा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।घटनाबारे उनका श्रीमान केयर सिंह थापाले टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय भिमादमा जानकारी गराएका थिए। प्रहरी टोली तत्कालै घटना स्थलमा पुगि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टनका लागी भिमाद स्वास्थ्य चौकीमा राखिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


