मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु ।

चितवन:
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ पाँच बजे इच्छाकामना–२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं।को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–३ की ३० वर्षीया प्रतिभा गुरुङ र उनका ५ वर्षीय छोरा आर्यन गुरुङ र उनका भदा इच्छाकामना–२ बस्ने ३४ वर्षका रविन गुरुङ रहेका छन् ।

उनीहरुको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP