स्याङ्जामा ठूलो परिणाममा काठ बरामद
प्रकाश डोटेल,
स्याङ्जा, १५ चैत्र :
स्याङ्जाको चापाकोट नगरपालिकाबाट प्रहरीले ठूलो परिणाममा सालको काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले दिएको जानकारी अनुसार चापाकोट नगरपालिका ६ घारापानीबाट प्रहरी चौकी साँखरबाट खटिएको टोलीले ठूलो परिणाममा सालको काठ बरामद गरेको हो ।
रोकी राखेको ग १ त २६५० नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा ३४ थान चिरान ५३.८१ क्युफिट काठ फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले फेला परेको काठ र ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सब– डिभिजन कार्यालय चापाकोटमा बुझाएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


