देशभर विभिन्न ठाँउमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु ।
काठमाण्डौ:
तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
तनहुँको आँवुखैरेनी गाउँपालिका–२ ऐनामा ग.२ ख ३०७ नम्बरको बस र ग.३ च ६०१२ नम्बरको टाटासुमो आइतबार ठोक्किदा तीन जनाको मृत्यु भएको । मृत्यु हुनेमा सुमो चालक समेत तीन जना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल हुँदै पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये एक जनाको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल र पाँच जनाको सोही अस्पताल हुँदै नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । चार जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाको तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा लु.१४ प ६८६४ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका भैरवस्थान बस्ने २० वर्षीय भरत गोदार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलमा बीआर ०७ एएम ३०६३ नम्बरको कार आइतबार राति दुर्घटना हुँदा कारमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–१ हथलेटवा बस्ने २२ वर्षीय धिरज मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जना घाइतेमध्ये १ जनालाई उपचारको लागि विराटनगर रिफर गरिएको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुर खोलामा ना.३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । टिपरमा जन्ती सवार रहेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


