संखुवासभा बस दुर्घटनाका मृतकको संख्या १४ पुग्यो ।
काठमाण्डौ:
संखुवासभाको मादी नगरपालिका– ६ मा आज बिहान बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी– ६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
आज बिहान ७.३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा.४ख ७३५ नम्बरको बस दुर्घटनामा परेको हो । मृतकको अझै सनाखन हुन सकेको छैन । बस दुर्घटनामा परेका पाँचजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । बसमा करिब १९ देखि २१ जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । के कारणले बस दुर्घटनामा परेको हो भन्ने खुलेको छैन। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


