संखुवासभा बस दुर्घटनाका मृतकको संख्या १४ पुग्यो ।
काठमाण्डौ:
संखुवासभाको मादी नगरपालिका– ६ मा आज बिहान बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी– ६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
आज बिहान ७.३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा.४ख ७३५ नम्बरको बस दुर्घटनामा परेको हो । मृतकको अझै सनाखन हुन सकेको छैन । बस दुर्घटनामा परेका पाँचजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । बसमा करिब १९ देखि २१ जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । के कारणले बस दुर्घटनामा परेको हो भन्ने खुलेको छैन। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


