प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित ।
काठमाण्डौ:
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न नवौं महाधिवेशबाट बस्नेत पुनःअध्यक्षमा निर्वाचित भएका हुन् ।
आगामी तीन वर्षे कार्यकाल रहेको अधिवेशनबाट उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । महासचिवमा हिरामान लामा र उपमहासचिवमा राजु सुवेदी र शुरोजजङ्ग पाण्डे छानिएका छन् । सचिव पदमा प्रदेश १ को सचिवमा विक्रम लुइँटेल, मधेस प्रदेशमा कमल उपाध्याय, वाग्मतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिमबाट लोकसरी कुँवर चयन भएका हुन् । प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।
अधिवेशनले कुल १५१ सदस्यीय कमिटी गठन गरेको हो । त्यसैगरी १४ सदस्यीय अनुशासन आयोज, १७ सदस्यीय निर्वाचन आयोग र १५ सदस्यीय लेखा आयोग सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक रघु मैनालीले जानकारी दिए । फागुन २७ र २८ गते दुईदिने अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता थियो
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


