कुलदेवताको मन्दिर उद्घाटन गर्न राष्ट्रपति ।
काभ्रे:
काभ्रेको नमोबुद्ध–५, कानपुरमा मैनाली थरका सम्प्रदायले कुलपूजा अर्थात देवाली गर्ने मन्दिर उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । २०७२ सालको भूकम्पमा क्षति भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाख ७७ हजारको लगानीमा पुनर्निर्माण गरिएको मन्दिर उद्घाटनको आयोजक नमोबुद्ध नगरपालिका थियो ।
वि। सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो । सरकारी उच्च ओहोदामा पुगेका यहाँका मैनालीले आफ्नो कुलदेवताको मन्दिर राष्ट्रप्रमुखबाट उद्घाटन गराउँदै आएका छन् ।
यसपटक स्थानीय समेत रहेका सहरी विकास तथा भवन विभागका महानिर्देशक पदम मैनाली लगायतको जोडबलमा भण्डारी कानपुर पुगेकी हुन् । मन्दिरको लागि बजेट व्यवस्थापन गर्न मैनालीले नै भूमिका खेलेका थिए।मन्दिर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सम्पदाहरु अझ बलियो र स्थायी रुपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास बलियो भएको बताउनु भयो ।
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त कालीदेवि मन्दिरको पुनर्निर्माणको लागि नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । नगरप्रमुख टंकप्रसाद शर्माले नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिए । कार्यक्रममा नगरपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिक अभिनन्दनसमेत गरेको थियो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


