ट्याक्टरको ठक्करबाट चितवनमा ट्राफिक प्रहरीको मृत्यु ।

चितवन
भरतपुर महानगरपालिका–६ स्थित जयनेपाल चोकमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीका एकजना सईको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सई अर्जुन पौडेलको गएराति घटनास्थलमै मृत्यु भएको हो ।
बिहीबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
रेडक्रस मानव सभ्यता बचाउने संस्था हो : सांसद थापा
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधि सभा सदस्य सांसद राजु थापाले रेडक्रस मानव सभ्यता बचाउने संस्था भएको बताउनु भएकाे छ । नेपाल रेडक्रस…