स्याङ्जाको फेदीखोलामा १५ शैयाको अस्पताल

स्याङ्जा :
स्याङ्जाको फेदीखोला गाउँपालिकामा पहिलोपटक अस्पताल संचालनमा आउने भएको छ । स्वास्थ्यमा सानो प्रकृतिको समस्या आउदा समेत पोखरा र काठमाण्डौ जान पर्ने समस्यालाई मध्यनजर गर्दै पालिकाले १५ शैयाको अस्पताल संचालनमा ल्याउने भएको हो ।
आइतबार गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य पृथ्वीसुब्बा गुरुङ्ले फेदीखोला गाउँपालिका वडा न. १ र ४ स्थित लामिटारी, सर्केटारीमा अवस्थित निर्माणको चरणमा रहेको उक्त १५ शैया अस्पतालको शिलान्यास गर्नुभएको छ । आज मात्रै प्रमुख अतिथि गुरुङले प्रदेश सरकार र पालिकाको लागत साझेदारीमा निर्माण सम्पन्न भएको फेदीखोला गाउँपालिका वडा न. २ स्थित, बहुद्देश्यिय सभाहल र फेदीखोला र स्थानचौर जोड्ने मोटरेबल पुलको समेत उद्घाटन गर्नुभएको छ । उक्त सभाहल र मोटरेबल पुल उद्घाटन कार्यक्रममा स्याङ्जा जिल्ला प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले, “कम्युनिष्टको सरकार हुदा नै ‘एक पालिका, एक आधारभूत अस्पताल निर्माणको अभियान सुरु गरेको बताउनु भयाे ।” उहाँले भन्नुभयाे, “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा जनताको सहज पहुँच पुर्याउनु पर्दछ, भन्ने अवधारणा हामीले शुरुवात गरेका हौँ ।”
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । संबिधान सभा सदस्य हितकाजी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जा कमिटि अध्यक्ष सुर्य प्रसाद गैरे , फेदीखोला गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत, पालिका स्थित सम्पूर्ण वडाका वडा अध्यक्ष साथै निर्वाचित जनप्रतिनिधि, उक्त अस्पताल निर्माणार्थ जग्गा उपलब्ध गराउनेहुने सम्पूर्ण जग्गादाता, प्रेश चौतारी स्याङ्जाका अध्यक्ष एवं नेपाल टेलिभिजन स्याङ्जाका संवाददाता, समाजसेवी एवं शितला मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साथै पालिका स्थित विभिन्न विद्यालयका वि.व्य.स. अध्यक्ष लगायत प्र.अ. एवं प्रतिनिधि, पालिका अन्तर्गत विभिन्न पार्टीका पार्टी प्रतिनिधी, गाउँपालिका कार्यालय स्थित विभिन्न विषयगत शाखाका शाखा प्रमुख, सिद्धार्थ मा.वि. स्थित स्काउट समूह, स्थानीय, बुद्धिजीवी, प्रहरी प्रशासन लगायतको वृहत उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष घनश्याम सुवेदीले यो अस्पताल सपन्न भएर संचालन हुदै गर्दा फेदीखोलाका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउने बताउनु भयो । अध्यक्ष सुबेदीले, ‘मासिक रुपमा घरघरमा गएर जेष्ठनागरिकहरुको स्वास्थ्य स्याहार एवं वृहत नागरिक स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको पालिकामा अब विभिन्न प्रकृतिका रोगहरुको २ वर्ष भित्र पालिकामा नै परिक्षण एवं सफल उपचार गर्न सकिने बताए ।”
फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन लेखा अधिकृत एवं सूचना अधिकारि टिकाराम सुबेदीले गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…