फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य ।

काठमाण्डौ:
इन्डियन आयल कर्पोरेसन 9आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय ८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर एक सय ६९ रुपैयाँ ४४ पैसा, मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन ९आन्तरिक० प्रतिलिटर एक सय ३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० प्रतिलिटर एक सय १४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार दुई सय ४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै रु। १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट रु। पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ । सो अवधिमा पेट्रोलको बिक्रीबाट रु। एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट रु। एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

निगमलाई मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टीतेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय)बाट १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।

आइओसीबाट बुधबार प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टीतेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन ९आन्तरिक०मा चार रुपैयाँ छ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ ।

१५ दिनमा पेट्रोल ३२ हजार नौ सय १५ किलोलिटर, डिजेल ८६ हजार नौ सय १० किलोलिटर, मट्टीतेल सात सय ७० किलोलिटर, हवाई इन्धन ९आन्तरिक० दुई हजार सात सय ७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार दुई सय ७८ सिलिन्डर खपत हुने निगमको आकलन छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु। १५०, डिजेल र मट्टीतेलको प्रतिलिटर रु। एक सय ३३, हवाई इन्धन आन्तरिकको प्रतिलिटर रु १३६, हवाई इन्धन ९अन्तर्राष्ट्रिय०को प्रतिलिटर अमेरिकी डलर १।२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिन्डर रु। एक हजार पाँच सय ७५ रहेको छ ।

सरकारले भन्सार बिन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टीतेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा दुई रुपैयाँ आठ पैसा कर उठाउँदै आएको छ ।

भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बिमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ ।

Facebook Comments Box
TOP