स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरीको माग ।
काठमाण्डौ:
सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ।
प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ जारी गरेको सूचना अनुसार स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो।
म्यादी प्रहरीमा भर्ना हुनका १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका हुनुपर्नेछ। म्यादी प्रहरीका लागि ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिइने सूचनामा उल्लेख छ।
छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर ४० दिनका लागि खटाइने छ।
Facebook Comments Box
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…