ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु।
काठमाण्डौ:
तनहुँमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पृथ्बी राजमार्ग अन्तर्गत पर्ने जिल्लाको म्याग्दे गाउँपालिका वडा नं १ तल्लो गुणादीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक ऋषिङ गाउँपालिका वडा नं -२ काशीपुर बस्ने १९ वर्षीय तारन थापाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीको अनुसार पोखराबाट दमौलितर्फ जाँदै गरेको ग ५ प ६०८३ नंवरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ३ ख ४६९१ नंवरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दमौली पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


