ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु।
काठमाण्डौ:
तनहुँमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पृथ्बी राजमार्ग अन्तर्गत पर्ने जिल्लाको म्याग्दे गाउँपालिका वडा नं १ तल्लो गुणादीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक ऋषिङ गाउँपालिका वडा नं -२ काशीपुर बस्ने १९ वर्षीय तारन थापाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीको अनुसार पोखराबाट दमौलितर्फ जाँदै गरेको ग ५ प ६०८३ नंवरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ३ ख ४६९१ नंवरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दमौली पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


