होली खेल्ने क्रममा छतबाट खसेर मृत्यु ।

काठमाण्डौ:
काठमाडौँमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित हेमराज खड्काको घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।खड्काको बिहीबार साँझ ७ः३५ बजे नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

यस्तै, होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्की ग्रीन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box
TOP