न्यु गाउँबेसी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा जेष्ठ नागरिकलाई सम्मान ।

 

वालिङ :
न्यु गाउँबेसी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङ नगरपालिका-१० भकुण्डेस्थित शिव पार्वती मन्दिर प्राङ्गणमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सहकारीले ५४ जना जेष्ठ नागरिकलाई शनिबार बिहान एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी तथा वालिङ-१०का वार्ड अध्यक्ष अनन्त राज गैह्रेले सहकारीले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमको प्रशंसा गर्दै जेष्ठ नागरिक समाजका धरोहर र ज्ञानका श्रोत भयको भन्दै उनीहरुको संरक्षण गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताए । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उनले बताए । अध्यक्ष खनालले आगामी दिनमा संस्थाले जेष्ठ नागरिकको सम्मान तथा मनोबल उच्च पार्नका लागि पार्क स्थापना गर्ने पनि बताए ।


सहकारी संस्थाका अध्यक्ष अर्जुन खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव तारा प्रसाद श्रेष्ठले संचालन गरेका थिए । जेष्ठ नागरिकको सम्मानमा मारुन एकेडेमीको तर्फबाट भजन तथा सांगित प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहकारिका सेयर सदस्य, कार्यसमिति सदस्य तथा कर्मचारि तथा समाजका विभिन्न व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

arjun khanal

 

Facebook Comments Box
TOP