वडा सदस्य श्रेष्ठद्धारा अक्षयकोषको स्थापना

वालिङ :
स्याङ्जा वालिङ नगरपालिका ९ भकुण्डेका युवा समाजसेवी दिपक श्रेष्ठ र उनकी श्रीमती पूजा तिवारी श्रेष्ठले विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । वालिङ नगरका वडा सदस्य समेत रहेका श्रेष्ठले छोरी प्रथा श्रेष्ठको नाममा विद्यालयहरुमा अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा अध्ययनरत छात्रछात्राको पढाईमा प्रोत्साहन गर्दै क्षमता अभिबृद्धि गर्ने उदेश्यले ‘प्रथा जेहन्दार छात्राबृत्रि अक्षयकोष’ दुई विद्यालयमा स्थापना गरेका छन् । श्रेष्ठले छोरी प्रथाको जन्मदिनको अवसर पारेर वालिङ ९ मा रहेको भुम्रे माविमा २५ हजार पाँच र सोही वडाको गहतेमा रहेको बालकल्याण आधारभुत विद्यालयमा २२ हजार २२ रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।
श्रेष्ठ आफै संरक्षक रहनेगरी स्थापना गरिएको अक्षयकोषको रकम विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गगर्दै श्रेष्ठले उक्त रकमको सदुपयोग गर्न आग्रह गरे । अक्षयकोषबाट प्राप्त रकमले दुवै विद्यालयका जेहन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरिने कोषका संरक्षक श्रेष्ठले बताए । व्यवसायमा रमाएका श्रेष्ठ २०७४ सालको स्थानीयतहको निर्वाचनमा वालिङ ९ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्यमा निर्वाचित भएपछि श्रेष्ठ युवा समाजसेवीका रुपमा परिचित हुदै आएका छन् । युवा समाजसेवी श्रेष्ठले आफ्नो कमाईको केही प्रतिशत रकम समाजसेवामा खर्चिदै आएका छन् ।

Facebook Comments Box
TOP