रुसी आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन ।
काठमाण्डौ:
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ ।
नेपालका मानव अधिकारवादीहरुले युक्रेनमाथि गरिएको बर्बर आक्रमण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं स्थित रुसी दूतावास अगाडी भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
युक्रेनबाट तत्काल सेना फिर्ता लैजान, शान्ति वार्तालाई निष्कर्षमा पुर्याउन, युद्धसँग सरोकार नभएका मानिस माथि बम, बन्दुक र ट्यांक प्रयोग नगर्न प्रदर्शनकारीले रुसी सरकारको ध्यानाकर्षण गराएका छन् । शान्तिपूर्वक बाँच्न पाउने युक्रेनी जनताको मानव अधिकारप्रति ऐक्यवद्धता प्रकट गर्दै उनीहरुले राष्ट्रसंघ लगायतका विश्व संस्थाहरुलाई पहलकदमी लिन पनि आह्वान गरेका छन् ।
मानव अधिकारवादी एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य कपिल श्रेष्ठ, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा। केदारनरसिंह केसी, एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष राजन कुईंकेल, मानव अधिकारवादी कनकमणि दीक्षित, नेपाल मानव अधिकार संगठनका अध्यक्ष महा मुनिश्वर आचार्य लगायतले युक्रेनी जनताको बाँच्न पाउने अधिकारको सम्मान गर्दै आफ्ना सेना फिर्ता लैजान रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई आग्रह गर्नुभयो
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


