निर्वाचनमुखी गठबन्धनले देशलाई फाइदा गर्दैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफूहरुले नयाँ राजनीतिक संस्कृति विकास गर्न चाहेको बताउनु भएकाे छ।

राजनीतिमा एक अर्कालाई गाली र उछितो काढ्ने भन्दा सम्मानको राजनीतिक संस्कार बसाउन चाहेको उहाँले बताउनु भयाे ।

कांग्रेस स्याङ्जाको विरूवा गाउँपालिका कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  नेता पौडेलले भन्नुभयाे, ‘हामी राजनीतिमा नयाँ संस्कृतिकको विकास गर्न चाहन्छौँ।’

उहाँले आगामी चुनावमा कसैलाई हराउने भन्दा पार्टीले जित्ने उद्देश्य राखेको बताउनु भयाे। उहाँले अबको प्रतिस्पर्धा मुद्दामा आधारित हुनुपर्नेमा पनि जोड दिनुभएकाे छ ।

पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने पनि बताउनु भयाे । ‘चुनावमुखी गठबन्धनले जिताउने मात्रै काम गर्छ’, उहाँले भन्नुभयाे,’निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिनै सक्दैन’

कार्यक्रममा जिल्ला सभापति तथा संबिधानसभा सदस्य राजु थापाले जिल्लाका ११ वटै पालिनकामा संगठन परिचालनलाई तिव्र पारिएको जानकारी दिनुभयो ।

कार्यक्रममा काँग्रेस स्याङजाका प्रवक्ता भरत प्रसाद लम्साल, बिरुवा गाँउ सभापति डि आर पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रममा एमाले, माओवादी लगायतका दल परित्याग गरी दर्जन बढी व्यक्तीहरु काँग्रेस प्रवेश गरेका थिए ।

Facebook Comments Box
TOP