स्याङ्जाको मिर्मीमा भलिबल प्रतियोगिता हुने
स्याङ्जा :
स्याङ्जाको कालिगण्डकीमा भलिबल प्रतियोगिता हुने भएको छ । कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीमा नव मिर्मिरे युवा क्लबको आयोजनामा यही फागुन २६ गते प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ७५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र र सन्त्वना पुरस्कार नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र रहेको क्लबका अध्यक्ष छविलाल भट्टराईले जानकारी दिनुभएको छ ।
यस्तैगरी खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद पाँच हजार, ट्रफी र प्रमाणपत्र रहने भट्टराईले बताउनु भयो । प्रतियोगितामा नेपालका विभिन्न विभागिय टिम र क्लबका खेलाडीहरुको सहभागि हुने छन ।
प्रतियोगितामा सहभागि हुन ५ हजार ५ सय ५५ रुपैयाँ दर्ता शुल्क लाग्ने क्लबले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


