स्याङ्जाको मिर्मीमा भलिबल प्रतियोगिता हुने
स्याङ्जा :
स्याङ्जाको कालिगण्डकीमा भलिबल प्रतियोगिता हुने भएको छ । कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ मिर्मीमा नव मिर्मिरे युवा क्लबको आयोजनामा यही फागुन २६ गते प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार एक लाख ५५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ७५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र र सन्त्वना पुरस्कार नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र रहेको क्लबका अध्यक्ष छविलाल भट्टराईले जानकारी दिनुभएको छ ।
यस्तैगरी खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद पाँच हजार, ट्रफी र प्रमाणपत्र रहने भट्टराईले बताउनु भयो । प्रतियोगितामा नेपालका विभिन्न विभागिय टिम र क्लबका खेलाडीहरुको सहभागि हुने छन ।
प्रतियोगितामा सहभागि हुन ५ हजार ५ सय ५५ रुपैयाँ दर्ता शुल्क लाग्ने क्लबले जनाएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


